काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो।
भेटमा सिट बाँडफाँटबारे छलफल भएको बुझिएको छ। सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे अझै सहमति हुन सकेको छैन।
देउवा–प्रचण्ड भेटपछि आइतबारै अपरान्ह ३ बजे सिट बाँडफाँट कार्यदलको बैठक बोलाइएको छ। उक्त बैठकमा शीर्ष नेताहरूसहित सिट बाँडफाँट कार्यदलका सदस्य सहभागी हुनेछन्।