काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन्।
आइबार संसद बैठकमा बोल्दै लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका हुन्।
उनले चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याउन खोजेकोले राजीनामा दिन लागेको राप्रपा स्रोतले जानकारी दिएको छ। संसदको आयु लम्ब्याउनु तलब भत्ता खाने निर्लज्ज अभ्यास भएको उनको बुझाइ छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधन गर्न लागेको छ।
शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको विधेयक पारित भएमा मंसिर ४ को निर्वाचनपछि पनि अहिलेकै संसद् बहाल रहनेछ।