काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक वर्षभित्रै प्रणाली बदल्न सडकमा जाने घोषणा गरेका छन्।
आइतबार मार्क्सवादी ज्ञान केन्द्रले गरेको कार्यक्रममा प्रचण्डले एक वर्षभित्रै प्रणाली बदल्न सडकमा जाने घोषणा गरेका हुन्।
उनले जनताको विचमा गएर मात्रै समाजवाद आउने बताए । उनले भने, ‘यो प्रणाली बदल्न सडकमा जान्छु। अनि मात्रै परिवर्तन हुन्छ।’ उनले समाजवादको नेपाली मार्गचित्र बनाउन एक वर्षभित्रै आन्दोलन हुने बताए।
उनले निर्वाचन प्रणाली बदल्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लागि आन्दोलन गर्ने बताए।
प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र कार्यकारी प्रमुखले आफ्नो भिजनअनुसार ५ वर्षका लागि मन्त्री बनाउन पाउने व्यवस्था गर्नुपर्ने बताए। यसले भ्रष्टाचार रोकिने प्रचण्डको भनाइ छ।
उनले अहिलेकै निर्वाचन प्रणाली कायमै रहे भ्रष्टाचार, विकृति कायमै रहने बताए। उनले दलाल पूँजीवादलाई हटाउन निर्वाचन प्रणाली बदल्नैपर्ने बताए।
प्रचण्डले भने, ‘जनताको विचमा गएर मात्रै समाजवाद आउँछ। अरु विकल्प छैन। एक वर्षभित्र आन्दोलन हुन्छ। अनि समाजवादको नेपाली मार्गचित्र बन्छ।’