काठमाडौं। काठमाडौं महानगरले ७ क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ।
महानगरले आइतबार ७ क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको हो।
होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई महानगरले मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ।
ती ७ क्यासिनोले आर्थिक वर्ष २०७५/०७६ देखि मनोरञ्जन कर नबुझाएको पत्रमा उल्लेख छ। प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ।
सबै क्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ। बागमती प्रदेशको आर्थिक ऐनअनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ।