काठमाडौं। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
अध्यक्ष गुप्ताविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका छन्। उनी फरार भएपनि मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।
गुप्ता माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका हुन्।