काठमाडौं। दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेलिरहेको छ।
नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल अहिले भइरहेको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर केन्याले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ।
यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ। नेपालले केन्यालाई पहिलो एक दिवसीयमा ७ विकेटले र दोस्रो एक दिवसीयमा १७ रनले पराजित गरेको थियो।
त्यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले ३–२ ले जितेको थियो।