काठमाडौं। ‘लाइनमा बस्नुस्’ भनेपछि पर्यटनमन्त्री जीवनराम श्रेष्ठले हिरासतमा पठाएका गरुड सेक्युरिटीअन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेका छन्।
सोमबार विहान हिरासतमै पुगेर लामिछानेले गुरुङलाई भेटेका हुन्।
सम्बन्धित समाचारः जानकारीबिनै बायोमेट्रिक्सका लागि टोलीसहित पुगेका थिए मन्त्री श्रेष्ठ, नियम मान्नुस् भन्दा थर्काए
प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसंग भेटेर धन्यवाद दिएर आएको लामिछानेले उल्लेख गरेका छन्। सो क्रममा गुरुङले ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो’भन्ने जवाफ दिएको लामिछानेले उल्लख गरेका छन्।
लामिछानेले गुरुङलाई थुनामा नराखेर ससम्मान रिहा गरेर पुरस्कृत गर्नुपर्ने बताएका छन्। साथै, नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्नुपर्ने माग लामिछानेको छ।