काठमाडौं । नाबालगि बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै छ ।
उनीविरुद्ध दर्ता भएको मुद्दाको नवलपुर जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको हो।उनीविरुद्ध सोही मुद्दा तनहुँ जिल्ला अदालतमा पनि परेको छ। यसअघि दुवै अदालतले पेसी तोकेर पनि मुद्दाको सुनुवाइ गरेनन्।
यस क्रममा नवलपुर जिल्ला अदालतले आजका लागि पुनः पेसी तोकेको हो ।नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा नायक शाहविरुद्ध गत फागुन २१ गते पीडितका बाबुले तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।