काठमाडौं। मदक पदार्थ सेवन (मापसे)गरेर ट्याक्सी र एम्बुलेन्स चलाउने चालकविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ।
मापसे गरेर बा२ज ४६ ५९ नम्बरको ट्याक्सी चलाइरहेका नुवाकोटको बेलगडी नगरपालिका ५ घर भएका का रन्जन अधिकारीलाई सोमबार राति प्रहरीले काठमाडौंको हलचोकबाट पक्राउ गरेको थियो।
त्यस्तै, मापसे गरेर प्रदेश २–०२–००१च ०१ ८१ नम्बरको एम्बुलेन्स चलाउँदै गरेका धनुषाको ढल्केवरका ३५ बर्षीय कमल बहादुर श्रेष्ठलाई पनि सोमबार राति नै महाराजगंजबाट नियन्त्रणमा पक्राउ गरिएको थियो।
मापसेको कसुरमा कारवाहीमा परेका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गर्न म्याद थपको लागी जिल्ला अदालत पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।