काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ।
जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मतरुपले सिफारिस गरेको हो।
जसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भए।
महन्थ ठाकुर बारा–४ बाट सिफारिस
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ।
लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आशन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो।