काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन्।
डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ।
श्वेतपत्रको पूर्णपाठ
पदभार ग्रहणका १सयदिन र मेरो श्वेतपत्र
–सुनिता डंगोल,
उपप्रमुख, काठमाडौंमहानगरपालिका
नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुखमानिर्वाचितभएर कार्यभार सम्हालेको१ सयदिनपूरा भएको छ ।
सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापनाभएसँगैको स्थानीयतहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी १ सय दिनमा काठमाडौँ महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन रसकारात्मकसुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सवैलाई हार्दिक धन्यवादपनिदिन चाहन्छु ।
मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास गर्दिन ।काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपनाहो । यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचितहोइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ । हामीले १ सय दिनमा के गर्््र्यौ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दापनिहामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।
म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुखपदमानिर्वाचितभएको कुरा विदितै छ । हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझाजनप्रतिनिधिको हैसियतमाकामगरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु ।
धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरुअहिले काठमाडौँ महानगरमा छन् । त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन । म समावेशीलोकतन्त्रमाविश्वास गर्ने भएकाले आत्मगतभन्दापनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु । हामीले यो १ सय दिनमा‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केहीसकारात्मककामकोथालनीगरी काठमाडौँ महानगरवासीमाआशाको बत्तीबाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ । यो म एक्लैबाट सम्भवभएको भने अवश्यहोइन । काठमाडौँमहानगरपालिकाकाप्रमुखज्यु, वडाका अध्यक्षतथा सदस्यहरु, काठमाडौँ महानगरपालिकाकाकर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केहीनयाँ गरौँ, केहीनयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफलहो भन्ने मैले ठानेकी छु । हामी केही सकारात्मकथालनीको संकेत दिने दिशातर्फ उन्मुखभएका छौँ तर, यो पूर्ण भनेहोइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँगचुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमापुग्नुपर्ने छ । त्यसैले अहिले नै हामीहतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।
हामीनीतितथाकार्यक्रम र बजेटमा समावेश गरिएका योजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । त्यसैले हामीले १ सय दिनमा गरेका सकारात्मककामको थालनी र अघि बढाइएका योजनाकाबारेमा सामान्यचर्चा गर्नू अघि आर्थिक वर्ष ०७९÷८० को नीतितथाकार्यक्रम र बजेटको सामान्यचर्चा गर्न चाहन्छु ।
काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमुखज्यूले ‘साँस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नाराका साथविभिन्न महत्वपूर्ण नीतितथाकार्यक्रमहरु २०७९÷०३÷०५ गते पेश गर्नुभएको थियो । त्यस्तै मिति२०७९÷०३÷१० गते म आफैँले आर्थिक वर्ष ०७९÷८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकीथिएँ ।
बजेट, नीतितथाकार्यक्रममापनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिकनगरका रूपमाथपविकास गर्ने उदेश्यलाई समावेश गरिएको छ । बजेट, नीतितथाकार्यक्रमकाबारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिकनगरका रूपमाथपविकास गर्ने मेरो चुनावीएजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु ।
मैले चुनावी दौरानमा काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीनतीनप्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकीथिएँ । जहाँ ‘स्वच्छ, जीवन्त, सांस्कृतिकनगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारालाई आत्मसाथगर्दै अघि बढ्ने प्रण गरेको कुरा यहाँपनिव्यक्त गर्न चाहन्छु । मैले मेरो ८ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायातव्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिकनगर, सामाजिकविकास, डिजिटल काठमाडौं लगायतकाविषय समेटेकीथिएँ । नीतितथाकार्यक्रम र बजेटमा लगभगयी सबै विषयहरुलाई समावेश गरेका छौँ जुनकार्यान्वयनको चरणमा रहेको छ । त्यसैले नीतितथाकार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णतादिने मेरो पहिलो प्रयास रहने छ । यसकालागि सबैको सकारात्मक सहयोगको अपेक्षापनि गरेकी छु ।
यतिउल्लेख गरेपछि १ सय दिनमाहामीले गरेका केही सकारात्मककाम र थालनी गरेका योजनाहरुकाबारेमा केहीजानकारी दिनु उपयुक्तहोलाभन्ने हेतूले संक्षिप्त र बुँदागत रुपमा प्रस्तुत गरेकी छु ।
मेरो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्नभइसकेका र थालनी गरेका केही सकारात्मककार्यहरुः
१) पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र५१ वटा विवादको किनारा
नेपालको संविधानको भाग १७धारा २१७बमोजिमप्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभावाट न्यायिक समितिकादुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीयविवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भैसकेको छ ।संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशीभएका मुद्धामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्रगतहालसम्मपुरानो २४४ वटा विवादमान्यायिक सुनुवाई गरी५१ वटा विवादकिनारा लागेको छ ।
२) फोहोर व्यवस्थापनकालागि सकारात्मकपहल
महानगर प्रमुखसहित मेरो प्रत्यक्षउपस्थितिमानुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थितिबुझ्ने लगायतकाकामभएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिनफोहोर व्यवस्थापनकालागि छिमेकीनगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिनफाहोर व्यवस्थापनकालागिआवश्यककार्यहरु अघि बढाएका छौँ ।
३) वडास्तरीय महिला सेल गठन
पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यककानुनी सहयोग तथा समस्या समाधानगर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकीथिएँ । सोहीबमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलातथाबालबालिकाहरुकालागिआवश्यकसहयोग गर्नेछ ।
४) सय दिन महानगरवासी सँगसँगै
विभिन्नसंघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममासहभागी भै महानगरवासीसँगप्रत्यक्षअन्तरक्रिया गरी सुझावलिने, समस्याबुझ्ने कार्य गरिएको छ जसले काठमाडौँवासीसँगसँगै रहेर यहाँका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभयो । त्यसैले समस्याको समाधानकालागिआवश्यकनिर्देशनदिने कार्य गरिएको छ ।
५) आर्थिक वर्ष ०७९/८० का लागिनीति तथा कार्यक्रमको प्रस्ताव तयार
म संयोजक रहेको बजेट तथाकार्यक्रमतर्जुमा समितिले छोटो समयमाआर्थिक वर्ष ०७९÷८० लागिनीतितथाकार्यक्रमको प्रस्तावतयार गर्ने, बजेट तथाकार्यक्रमको प्राथमिकिकरण निर्धारण गर्ने, बजेट तथाकार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमागहन छलफल तथाविश्लेषण गरी योजनातथाकार्यक्रमा दोहोरोपनानपर्ने गरी आपसीतादम्यतातथा परिपुरकताकायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकतापहिचान गरिए वमोजिमको बजेटतथाकार्यक्रमतर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हालकार्यान्वयनमाआइसकेको अवस्था छ ।
६) मेलमिलापकर्ता छनौट प्रक्रिया
विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउनपदवहालीकै दिनदोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उदेश्यले मेलमिलापकर्ताहरुको सूचितयार गर्न सूचनाप्रकाशनभई प्राप्तआवेदनबाट ७७जना मेलमिलापकर्ताको सूचिकार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिनाविवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थपप्रभावकारी बनाउने जस्ता कुरालाई पनिप्राथमिकताका साथ अघि बढाएका छौँ ।
७) मानवबेचबिखनओसारपसार नियन्त्रणको प्रयास
मानवबेचबिखनओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रहि मानव बेचबिखनओसारपसार नियन्त्रण कार्यविधि२०७८ को नियमानुसार वडा नं. ६,७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनिआवश्यकव्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ ।
८) शिक्षा क्षेत्रमा सुधार
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखीविद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्तशौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिलाशिक्षकको कक्षाव्यवस्थापनको लागि सट्टा कक्षाव्यवस्थापनलगायतकाकार्यक्रमहरु अघि सारिएको छ ।
९)इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण
नेपालको ऐतिहासिकतथा सांस्कृतिकमहत्वको पर्वलाई अन्तर्राष्ट्रियकरणगर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितकोपहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थितबनाउने प्रयासहरु भएका छन् । त्यसको तयारीकालागिइन्द्रजात्राव्यवस्थापन समितिलगायतविभिन्नगुथिहरुसँग नियमित रुपमा बैठकहरु बसीतीव्र गतिमातयारी गर्दैैं आएका छौं ।
१०) नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य
स्थानीयभाषाको अध्ययन–अध्यापनलाई निरन्तरतादिंदै नेपालभाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्रीतयार पार्ने क्रममा रहेकोछ ।
११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमनकार्यलाई प्राथमिकता
कार्यविधि २०७९/०३/१० मितिमाकार्यपालिका बैठकबाट गठन भएको योजनातथाअनुगमन समितिको संयोजक रही सम्पदातथा पर्यटन विभागमातहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणकालागि छनौट भएका १० वटा योजनामध्ये १० वटाकै अनुगमन सम्पन्नभएको छ । त्योसँगै अनुगमनको कार्यलाई निरन्तरतादिइएको छ । सम्पदाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सकारात्मकप्रयासहरु भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्नेलगायतकाकामपनि यो विचमाभएका छन् ।
१२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन
राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९÷८० का लागि राजस्व सम्वन्धिनीतितर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिकामार्फत नगरसभामा पेश गरियो । आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजश्व, गैर कर राजश्व, सेवाशुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्वप्रशासन सुधारका लागि राजश्व ऐन २०७५ मा आवश्यक संशोधन समेतकाव्यवस्था यसै समितिमार्फत नगरसभामा पेश गरी स्वीकृत भएवमोजिमकान्यान्वयनमाआइसकेको छ ।
१३)पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार
काठमाडौँमहानगरको दीगो विकासकालागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्नमुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशनलगायतकाप्रतिनिधिसँग छलफल गरी अनुभवआदन–प्रदान गर्ने, पारस्परिक सम्बन्धविस्तार गर्ने कार्यकोथालनी गरिएको छ ।
१४) अपाङ्गता परिचयपत्र वितरण
काठमाडौ महानगरपालिका सामाजिक सेवाविभागअन्र्तरगत मेरो नेतृत्वमाअपाङ्गताभएकानागरिकको परिचयपत्रवितरण गर्ने कार्य भएको छ ।जसमध्ये केहीआवश्यक परेका व्यक्तिहरुको म स्वयँ घरघरमै गएरउक्त परिचयपत्रवितरण गरिएको छ । शारीरिक अपाङ्गताभएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गताभएका, दृष्टिविहिन, बहिरा, अटिज्मलगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्रवितरण गरिएको छ ।
१५) सहरी व्यवस्थापन
महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथाकार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएकाकानुन, विभिन्न तहबाट भएका निर्णय समेतकाआधारमा महानगर प्रमुखको नेतृत्वमामहानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमाअनधिकृत संरचनाहटाउने, पार्किङ व्यवस्थापनलाई प्रवद्र्धन गर्ने,बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवद्र्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनकाकार्यहरुमाउल्लेख्य नतिजाप्राप्तभएको छ ।
थालनी गरिएका केहीयोजनाहरुः
१) दरबार हाइस्कूल र कन्या मा.विलाई राष्ट्रियस्तरको नमूनाविद्यालयको रुपमाविकास गर्ने जस्ता कार्यक्रमपनिअघि बढाइएको छ ।
२) घरजग्गाबहालमालिनेदिने व्यक्तिहरुका बिच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकतादिनबहालव्यवस्थाकार्यविधितर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ ।
३) करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भैरहेको छ ।
४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागिप्रयासहरु थालनी गरिएको छ ।
५) सूचनाप्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ ।
६)न्यायिक समितिको अनुभवआदान–प्रदान गर्ने र असलतथा सफलअभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ ।
७)अनुगमन, सुपरीवेक्षण तथामूल्याङ्कन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजनाकार्यान्वयनको चरणमा रहेको छ ।
८) गैरसरकारी संघ–संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजनातथाकार्यक्रमको प्राथमिकताअनुकुलबनाउनेतर्फ कारवाही अघि बढाएको छ ।
९) उपभोक्ताहित, संरक्षण तथामानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखीनीतितथा योजनातर्जुमा गरिएको छ ।
१०) महानगरपालिकाको योजनाबद्ध र दिगो विकासकालागि यसै आर्थिक वर्ष भित्रआवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमाल्याउनमहानगरपालिकाले आवश्यककार्य अघि बढाइसकेको छ ।
माथि उल्लेखितकार्यहरु १ सयदिनभित्रै सम्पन गरिएका, थालनीभएकासंक्षिप्तविषयहरु हुन् । यस बाहेक पनिअनगिन्तीविषयहरुमाउपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायीभूमिकानिर्वाह गर्नुपर्ने हुनसक्दछ ।
त्यसकालागि आममहानगरवासीको चाहना, आवश्यकता र सहभागिता सहित सम्पादन गर्न, गराउनहामी सबै जनप्रतिनिधितथाकर्मचारीहरुको कर्तव्य हुनेछ । आगामीदिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्षवाअप्रत्यक्ष समन्वयमाकार्य हुने कुरामाविश्वस्त र प्रतिवद्ध छु । धन्यवाद।