काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्रको उपमहासचिव पद अस्वीकार गरेका छन्।
अखिल क्रान्तिकारी केन्द्रीय समितिले बुधबार आयोजना गरेको विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा उनले माओवादी केन्द्रको उपमहासचिव पद अस्वीकार गरेका हुन्।
कार्यक्रममा अखिल क्रान्तिकारी महासचिव रहेका सञ्चालक दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधनका लागि बोलाएका थिए। तर, सम्बोधनका क्रममा उनले पार्टीको उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको बताए।
उनी माओवादीमा महासचिवको दावेदार थिए। तर, प्रचण्डले देव गुरुङलाई महासचिव बनाएपछि शर्मा असन्तुष्ट छन्। उनले गुरुङलाई महासचिवव बनाउने विषयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।