मकवानपुर। राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ।