काठमाडौं। पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो।
एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ।
त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०५ रहेको छ।