पोखरा। आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको छ।
मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोली नगर प्रहरी लिएर बिहीबार महेन्द्रपुलका घर तथा सटर भत्काउन गएको थियो।
त्यहाँ बसेका पसलेहरूलाई हट्न यसअघि नै महानगरपालिकाले ३५ दिने सूचना दिएको थियो। त्यो म्याद २२ भदौमा सकिएको हो। २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो। हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो।
ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ। तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौँ राजस्व उठाउन बाँकी रहेको मेयर आचार्यले बताए।