काठमाडौँ । बलात्कार आरोप लागेपछि सन्दीप लामिछानेले पहिलो पटक सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् । उनले आज फेसबुक मार्फत आफू निर्दोष रहेको दाबी गरेका छन् ।
उनले भनेका छन् , ‘म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु । न्याय मिलोस् । यसमा संलग्न सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा व्यवहार गर्ने आशा छ ।’
सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटेलमा ल्याएर जबरजस्ती करणी गरेको आरोप छ ।
त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो। अदालतले लामिछानेलाई पक्राउ अनुमति दिएको हो। अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ।
यसैबिच लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानबाट निलम्बन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपलाई एक विज्ञप्ति जारी निलम्बन गरिएको बारे जानकारी दिएको हो ।
कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
सन्दीप लामिछानेबारे आईसीसीको चासो
क्यानले सन्दीपमाथि तत्काल कुनै पनि छानबिन नगर्ने
सन्दीप लामिछानेः बलात्कार आरोप, उदयमान लेग स्पीनर र करिअरमा कालो बादल
बलात्कार आरोपपछि कप्तानबाट हटाउन क्यानको आकस्मिक बैठक
सन्दीपमाथि बलात्कार आरोप : प्रहरीले औपचारिक रुपमा दियो यस्तो जानकारी
कप्तान सन्दिप लामीछानेमाथि नाबालिग बलात्कारको आरोप !