काठमाडौं। साफ यू १७ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ। शुक्रबार नेपालले भारतलाई ३–१ गोलले हराएको हो।
नेपालको जीतमा सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरे। २५ औं मिनेटमा ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो।
आजको जीतसँगै नेपाल समूहको विजेता र भारत उप विजेता बनेको छ। नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ।
समूह एको उपविजेतासँग नेपालले फाइनल प्रवेशका लागि खेल्नेछ।