वीरगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ।
सन्दीपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न वीरगन्जमा प्रदर्शन गरेका हुन्।
वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन्।
१७ वर्षीया एक किशोरीलाइ भदौ ५ गते एक होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध प्रहरी वृत्त गौशाला काठमाडौंमा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ।
उक्त जाहेरी परेपछि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को 'जबर्जस्तीकरणी गर्न नहुनेु कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
जाहेरी परेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बित गरेको छ। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरिसकेको छ ।
कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
सन्दीप लामिछानेबारे आईसीसीको चासो
क्यानले सन्दीपमाथि तत्काल कुनै पनि छानबिन नगर्ने
सन्दीप लामिछानेः बलात्कार आरोप, उदयमान लेग स्पीनर र करिअरमा कालो बादल
बलात्कार आरोपपछि कप्तानबाट हटाउन क्यानको आकस्मिक बैठक
सन्दीपमाथि बलात्कार आरोप : प्रहरीले औपचारिक रुपमा दियो यस्तो जानकारी
कप्तान सन्दिप लामीछानेमाथि नाबालिग बलात्कारको आरोप !