काठमाडौं। शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी दिए।
अर्को बैठक भदौ २९ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।