काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ।
सिट बाँडफाँटमा सहमति जुटाउन बसेको बैठक विनानिष्कर्ष सकिएको हो।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा सिट बाँडफाँटमा सहमति हुन नसकेको बताए। उनले आजको बैठकमा सिट बाँडफाँट कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए।
खनालले भोलि सोमबार बिहान ८ बजे बस्ने बैठकले सिट बाँडफाँट टुंगो लगाउने दाबी गरे।
उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौं। भोलि हामी सकेसम्म टुंगो लगाउँछौं। केही केही बाँकी रहे अगाडि जाला। तर, अधिकांश विषय भोलि टुंग्याउँछौं।’
दलले बढी सिट दाबी गर्दा गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परेको छ।