काठमाडौं। बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो सूचीमा राखेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी विभागले कालो सूचीमा राखेको हो।
विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले बताए।
सन्दीप हाल क्यारिबीअन लिग खेल्नका लागि जमैकामा छन्। उनले लिगबाट बिदा लिइसकेका छन्।
उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र केही दिनमै नेपाल फर्किने बताएका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका लामिछानेविरुद्ध एक १७ वर्षकी किशोरीले बलात्कारको आरोप लगाएकी छन्।
प्रहरी वृत्त गौशालामा उजुरी परेपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ भने उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमबाट निलम्बन गरिसकेको छ।
सम्बन्धित समाचारः
सन्दीप लामिछानेः बलात्कार आरोप, उदयमान लेग स्पीनर र करिअरमा कालो बादल