काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ।
आइतबार बिहान पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पुन पत्नीसमेत रहेकी माओवादी नेता ओनसरी घर्तीले जानकारी दिइन्।
पुनको स्वास्थ्यमा उतारजढाव आएपछि शनिबार मात्रै पुनले घरमै चिकित्सकलाई बोलाएर एन्टिजेन परिक्षण गराउदाँ पोजेटिभ देखिएपछि आइतबार पीसीआर परिक्षण गर्दा पनि पोजेटिभ देखिएको हो। पुनले अहिले चिकित्सकको निगरानीमा आफ्नै निवासमा आराम गरिरहेका छन्।