काठमाडौँ । सरकारले चुनाव नजिकिए सँगै कर्मचारीको सरुवा गर्न थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको छ।
निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको थियो। तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ।