काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ ।
आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले बताए । गृह मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार दार्चुला जिल्लामा शुक्रबार राति गएको बाढी पहिरोमा परी घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ । विपदबाट प्रभावितलाई खाद्यान्न सडकबाट पुर्याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पुर्याउने निर्णय पनि बैठकमा भएको छ ।