काठमाडौँ । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन्। सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू छलफलमा सहभागी हुनेछन्।सत्ता गठबन्धनबीच साउन २० मा तालमेल गरेर जाने विषयमा औपचारिक सहमति गरे पनि कसले कति सिट लिने भन्नेमा सहमति हुन सकिरहेको छैन।
११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटबारे एक महिना छलफल गरे पनि सिट बाँडफाँटबारे सहमति हुन सकेको थिएन। त्यसपछि शीर्ष तहका नेतालाई सिट बाँडफाँटमा सहमति खोज्न जिम्मेवारी दिइएको थियो।
गठबन्धनका नेताहरू आइतबार पनि चार घन्टा छलफल गरेका थिए। यदपी सहमती भने हुन सकेन् ।