काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको केही समयपछि रेकी गर्ने व्यक्ति पक्राउ परेका छन्।पञ्जाबी र्यापर तथा गायक सिद्धु मूसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो।
बलिउड सुपरस्टार सलमान खानलाई जुन महिनामा ज्यान मार्ने धम्की आएको थियो। त्यसयता भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ।समाचार एजेन्सी एएनआईका अनुसार सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।
पञ्जाब पुलिसका डीजीपी गौरव यादवका अनुसार आरोपित पण्डित आफू सचिन विष्णोई र सन्तोष यादवसँग लरेन्स विष्णोईको निर्देशनमा सलमान खानको रेकी गर्न मुम्बई पुगेको प्रहरीलाई बयान दिएका छन्। प्रहरीले पक्राउ परेका पण्डितमाथि अनुसन्धान अघि बढाएको छ।