काठमाडौं। सिट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको छ।
सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको हो।
बैठकपछि सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटबारे सहमति नजिक पुगे पनि टुंगो भने नलागेको बताए।
उनले सिट बाँडफाँटमा सबै दल लचिलो हुनुपर्ने बताए। एउटै सीटमा २÷३ पक्षले दाबी गरेकोले त्यसलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भएको उनले बताए।
सिट बाँडफाँट टुंग्याउन दलहरूको अडान सुक्ष्म ढंगले विश्लेषण गरिरहेको कार्कीले जानकारी दिए।