काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई गलत काम नगर्न सुझाव दिएका छन् ।आज सोमवार भएको एक कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
मेयर शाहले विगतमा भएका कमजोरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे ।
‘गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएको छ । हामी धर्म र पापमा विश्वास गर्छौँ । गलत गरेर कमाएको धन, पाप धुरीबाट कराउँछ भनेजस्तै यो कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस्,’उनले भने ।
यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताए । उनले प्रहरी संस्था सबै समान भएको बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारको बनाउने बताए।