काठमाडौं। नेपालमा साउन महिनादेखि हालसम्म मात्रै ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
हालसम्म बाग्मती प्रदेशमा सबैभन्दा बढी ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूर पश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जना डेगूंका बिरामी फेला परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सातै प्रदेशका ७५ जिल्लामा फैलिसकेको डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।