काठमाडौँ । गायक कमल खत्री र गायिका मेलिना मैनालीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतको बोल छ ‘गुनगुनाउने बानी परेछ ।’ यो प्रेम गीतमा कमल र मेलिनाले स्वर मात्रै दिएका छैनन्, अभिनयसमेत आफैँ गरेका छन् ।
गायक खत्रीकै शब्द, संगीत रहेको गीतमा बिजेश्वर राज तण्डुकारको संगीत संयोजन छ । निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोलाई पवन सुस्लिङले छायाँकन एवं सम्पादन गरेका हुन् ।
गीत कमलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।यसअघि यी दुईले स्वर दिएको ‘फिक्का फिक्का’ गीत निकै हिट भएको थियो । त्यसपछि ‘के के हुन्छ’, ‘म गीत हुँ तिम्रो २’ लगायतका केही गीतहरूमा कमल र मेलिनाले सहकार्य गरेका छन् । यी दुईको सहकार्यलाई स्रोता एवं दर्शकले रुचाउँदै पनि आएका छन् ।