धनगढी । डा. गोविन्द केसीको २० सौँ अनसन दोस्रो दिन पनि जारी रहेको छ। धनगढीको एलएन चौकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केशीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
केसीका सहयोगी अमृत जैसीका अनुसार डा केसीको २० औं सत्याग्रहको आज दोस्रो दिन अहिलेसम्म सबै चेकजाँचहरु गर्दा स्वास्थ्य अवस्था सामान्य छ।
डा केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने माग राखेका छन्। त्यस्तै, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।
यस्ता छन् डा केसीका मागहरुः