काठमाडौं। दशैं, तिहार र छठ पर्वका लागि बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट साट्न थालेका छन्। उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउने राष्ट्र बैंकले जनाएको छ।
मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको थियो। अन्य बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट लग्ने क्रम जारी नै छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने बताइएको छ। बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन्।