काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन्।
मिश्र केहीदिनमै राप्रपा प्रवेश गर्ने भएका हुन्। उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर राप्रपा प्रवेश गर्न लागेका हुन्।
राप्रपा महामन्त्री भुवन पाठकका अनुसार मिश्र पार्टी प्रवेशको घोषणा एक÷दुई दिनमै हुनेछ।
राप्रपाले मिश्रलाई काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने पनि सहमति भएको बुझिएको छ।
स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपपछि मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए।