काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशरूले संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेका छन् ।
बुधबार सर्वोच्च अदालतमा बसेको सम्पूर्ण न्यायाधीशहरूको फूलकोर्ट बैठकबाट संसदीय समितिमा कुनै पनि न्यायाधीश उपस्थित नहुने निर्णय गरेका हुन् ।
संसदीय समितिले निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा ‘मुछेका’ बहालवाला न्यायाधीशसहित केही पूर्वप्रधानन्यायाधीश र वकिलहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको थियो ।
समितिको निर्णय आएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूको फूलकोर्ट बैठक बसेको एक न्यायाधीशले जानकारी दिए ।