काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।
सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ ।