काठमाडौँ । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण तोकिएको समयमा नहुने भएको छ।
गृह मन्त्रालयको निर्देशन अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।
क्यानले आगामी मंसिरसम्मको लागि प्रतियोगिता सारिएको जनाएको छ । क्यानले नयाँ मिति भने घोषणा गरेको छैन । यस अघि पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो ।