काठमाडौँ । नेपाल टेलिकमले ई(सिमको प्रयोग प्रकिया अघि बढाएको छ । टेलकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भोलिदेखि कम्पनीका ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गराउने जानकारफ गराएको छ ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न टेलिकम सहप्रवक्ता सोभन अधिकारीले बताए ।
त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने छिट्टै सिम उपलब्ध गराइने उल्लेख छ ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।