अष्ट्रेलियामा द एन्जल नाइट नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ। नेपाली कलाकार केञ्जल मेहर श्रेष्ठ (Kenjal Mehar Shrestha) र उनको ब्यान्ड कार्यक्रमका लागि अष्ट्रेलीया जाने तयारीमा छ।
गायक मेहरको साथमा उनको ब्याण्डका केरी महर्जन (Carey Maharjan) र सन्नीराज श्रेष्ठ (Sunny Raj Shrestha)
पनि अष्ट्रेलीया जाने तयारीमा रहेको आयोेजकले जानकारी दिएका छन्। उनीहरुले हालै काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानीय क्लबबाट अवार्ड समेत पाएका छन्।
लामो समयपछि अष्ट्रेलियामा प्रस्तुति दिने भएकाले यस कार्यक्रमबाट आफू उत्साहित भएको श्रेष्ठले बताइन्। उनले आफ्ना पुराना हिट गीतका साथै नयाँ गीत पनि गाउने योजना बनाएको बताइन्।
ब्यान्ड म्यानेजर (Jitendra Subedi) जितेन्द्र सुवेदीले भने, ‘हामीले ठूलो भीडको अपेक्षा गरेका छौँ।'
केञ्जलले आफ्नो ब्यान्डसँग छिट्टै केही एल्बम निकाल्ने योजनामा रहेको पनि बताइन्।