काठमाडौँ । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पुनः बयान लिने भएको छ।
कानुन व्यवसायीले दिएको बिहीबार दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए। समितिले वरिष्ठ अधिवक्तारू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो।
बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबराबिरुद्ध यो महाभियोगको प्रक्रियाको थालनीको लागि बारले खेलेको भुमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताएका थिए। शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दै तत्कालीन समयमा न्यायका लागि संघर्षमा उत्रिएका कानून व्यवसायीहरुलाई विवादमा तान्न प्रधानन्यायाधीश जबराले आफूहरुको नाम लिएको उनको दाबी छ।
समितिको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ।