काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता ढंगोललाई स्याबासी दिएका छन् ।
उनले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएको भन्दै स्याबासी दिएका हुन् । अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको समेत बताएका छन् ।
उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा रहेको उल्लेख गरेका छन्। त्यस्तैगरी थापाले काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होउन् भन्दै शुभकामना दिएका छन् ।
यस्तो छ थापाको ट्वीट
स्याबास बालेन, स्याबास सुनिता !
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई धन्यवाद । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना