काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पूरक बयान सुरु भएको छ।
महाअभियोग सिफारिस समितिले जबरासँग आज पुरक प्रश्नहरु सोधेर बयान लिन सुरु गरेको हो ।
यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो । त्यसक्रममा जबराले बिभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो । कानुन व्यवसायीहरुसँगको छलफल बिहीबार नै सकिएको छ ।
कानुन व्यवसायीहरुले चोलेन्द्रविरुद्ध प्रमाण काफी भएको भन्दै नयाँ संसदमा लगेर भएपनि महाअभियोग लगाउन माग गरेका थिए ।