अछाम। बिहीबार रातीदेखि लगातारको वर्षाले अछाममा पहिरोले घर पुरिँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
जिल्लाको कमलबजार नगरपालिकामा पहिरोले घर पुरिँदा अहिले सम्म १२ जनाको शव फेला परेको छ । यस्तै ११ जना बेपत्ता भएका छन्।
अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पहिरोले घर पुरिदा तुर्माखाद गाउँपालिका, काँडामा ९ जना, कमलबजार नगरपालिकामा ७ जना र ढकारी गाउँपालिकामा २ जना बेपत्ता भएको बताए । सवैतिर प्रहरी टोली पुगेर उद्धार कार्य सुरु गरिएको उनले बताए । विस्तृत विवरण आउन बाँकी छ ।
यो पनि पढ्नुस् :-
अछाममा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु
अछाम पहिरो : मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो