काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा हुने बताएका छन्।
संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा हुने बताए।
उनले निर्वाचन आयोगलाई सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए।
उनले आफ्नो कार्यकायमा संसदले राम्रै उपलब्धि हासिल गरेको बताए।
परमादेशले संसदमा सबैलाई भेट्ने मौका दिएको उनले बताए।
देउवाले बाढी पीडितलाई तत्काल राहत दिने बताए।
आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठकहो। आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ।