काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ४ गतेको निर्वाचनको मत परिणाम हेर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन्।
संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई मंसिर ४ गतेको निर्वाचनको मत परिणाम हेर्न चुनौती दिएका हुन्।
त्यसअघि बोलेका ओलीले मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई देखाइदिनबताएका थिए
त्यसपछि बोलेका प्रचण्डले ओलीलाई चुनौती दिँदै भने, ‘ठिकै छ मंसिर ४ गते हेर्ने । तपाईले पनि हेर्ने, हामी पनि हेर्ने ।’
उनले ओलीलाई भने, ‘राष्ट्रियसभा, बार, पत्रकार महासंघ, स्थानीय तहको निर्वाचनले सन्देश दिएको हैन र ?’
उनले संविधानमा हुँदै नभएको अधिकारी प्रयोग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाए। उनले प्रश्न गरे, ‘संविधान विपरित प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन नभएर के हो ?’
संसद् विघटनपछि ओलीले गरेको चुनाव घोषणा चुनाव गर्नका लागि नभएर देशलाई अध्यारो सुरुङमा हाल्ने षड्यन्त्र भएको बताए।