तनहुँ। नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका पल (पूर्णविक्रम) शाहको पेसी फेरि स्थगित भएको छ। जिल्ला
न्यायाधीश अनुपस्थित भएपछि जिल्ला अदालतमा तनहुँमा आइतबारका लागि तोकिएको पेसी स्थागित भएका हो। अर्को पेसीको मिति बेलुकासम्म तोकिने अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए।
गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि स्थगित भएको थियो।
उक्त मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए।