काठमाडौं। उच्च अदालत पाटनले टुकुचा खोला मिचरे बनाएका संरचना नभत्काउन अल्पकालीन आदेश दिएको छ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश दिएको हो।
उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले दुबै पक्षलाई छलफलका लागि असोज ५ गते बोलाइएको जानकारी दिए।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ। महानगरको उक्त कार्य रोक्न माग गर्दै प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गरेका थिए।