काठमाडौं। असोज ३ गते अर्थात् सोमबार काठमाडौंको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिनुका साथै विविध सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरियो।
संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाका जवानले शान्तिका प्रति परेव उडाए। समारोहमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्ड्याएर परिक्रमा गरियो।