बर्दिया। बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
गुलरिया नगरपालिका–९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबीको घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्को तार सर्ट भई मृत्यु भएको छ। सख्त घाइते अवस्थामा उनको जिल्ला अस्पताल, गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए।
यस्तै, बारबर्दिया नगरपालिका—८ दुधाका ३३ वर्षीय सनिराम थारुको घरमा मन्दिर बनाउने क्रममा विद्युत्को तार चुँडेर करेन्ट लागेर शक्त घाइते भएका थिए । उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।