काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ।
आज बिहान ८ बजेका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित गरी दिउँसो २ बजेका लागि निर्धारण गरिएको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीका केही नेता अर्को एक कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएकाले बैठक दिउँसो २ बजे बस्ने अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
आज बस्ने पदाधिकारी बैठकले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची टुङ्गो लगाउनेछ।
अध्यक्ष दाहालले थुलुङदुधकोसी गाउँपालिकाको कार्यक्रममा सहभागी हुन सोलुखुम्बु भएका छन्। अध्यक्ष दाहालको साथमा अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरू सोलुखुम्बु गएका छन्।