काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ ।
काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरेका हुन् । उपस्थित सहभागीहरूको एउटा समूहले पनि पुस्तक लोकार्पण गरेको थियो ।
पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु— संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक)लोकतन्त्र— यो देशको दूरगामी हितका लागि अत्यावश्यक भएको मिश्रको भनाइ छ ।पुस्तक देशका सबै प्रमुख पुस्तक पसलमा उपलब्ध छ । यसको मूल्य ४५० रुपैयाँ राखिएको छ ।